PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

पोखराको भर्जु ईन होटेलमा प्रहरीको छापा : चिनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रकमसहित समातिए



पहिलोपोस्ट

पोखराको भर्जु ईन होटेलमा प्रहरीको छापा : चिनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रकमसहित समातिए

काठमाडौं : पोखरा महानगरपालिका-१७ ड्यामसाइटस्थित भर्जु ईन होटेलबाट स्रोत नखुलेको रकमसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगदसहित ४ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक यीन यिङ्बोसहित ४ जना रहेका छन्।

होटेलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटेलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले होटेलबाट उनीहरूको साथमा रहेको ४ थान मोबाइल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाइल फोन समेत बरामद गरेको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell