PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

राष्ट्रियसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित



पहिलोपोस्ट

राष्ट्रियसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : राष्ट्रियसभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ। राष्ट्रियसभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव  सर्वसम्मतिले पारित गरेको हो।

त्यस्तै, मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

राष्ट्रियसभाको आगामी बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell