PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

यस्तो देखियो काठमाडौंको जगन्नाथ रथयात्रा, भारत र विश्वका अन्य मुलुकमा पनि मनाइयो

यस्तो देखियो काठमाडौंको जगन्नाथ रथयात्रा, भारत र विश्वका अन्य मुलुकमा पनि मनाइयो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत, थाइल्यान्ड, म्यानमारलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा हरेक वर्ष यसको आयोजना हुँदै आएको छ। यस वर्ष आयोजित रथयात्रा नेपालको ३७औँ हो।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले यो रथयात्रा आयोजना गरेको हो। जगन्नाथ देवल सुन्धारा (आर्मी क्लब)बाट सुरु भएको रथयात्रा नेपाल वायुसेवा निगम, विशाल बजार, महांकाल, जमल, घण्टाघर, कमलादी, पुतली सडक, भृकुटी मण्डप, भद्रकाली शहीद गेट हुँदै पुनः आर्मी क्लब पुगेर टुंगिएको थियो।

रथयात्रासँगै भजनकीर्तन, साँस्कृतिक झाँकी तथा नृत्य आयोजना गरिएको थियो। रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो।

भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, पश्चिममा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कली युगका रुपमा समेत हिन्दु धर्मावलम्बीहरुले मान्ने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell