PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वतन्त्रको उजुरीमा दाबी पुगेन : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह घण्टी



पहिलोपोस्ट

स्वतन्त्रको उजुरीमा दाबी पुगेन : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह घण्टी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको शुक्रवार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए।

पूर्व सञ्चारकर्मी रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। लामिछानेले दल दर्ताका लागि दिएको निवेदनलाई काउन्टर दिँदै स्वतन्त्र उम्मेदवारहरुले स्वतन्त्र शब्दको लामिछानेले अपव्याख्या गरेको भन्दै दल दर्ता नगर्न आयोगमा उजुरी दिएका थिए। उक्त उजुरीलाई भने आयोगले दाबी नपुगेको ठहर गरेको छ। 'उजुरीहरुको दाबी पुगेको देखिन्न,'आयोगका एक आयुक्तले भने।

लामिछानेको पार्टीले गोलाकारभित्र घण्टी चुनाव चिन्ह पाएको छ। उक्त निर्वाचन चिन्ह दिन स्वतन्त्र पार्टीले अनुरोध गरेको थियो। लामिछानेले विभिन्न ७ अवधारणा अघि सारेर राजनीतिमा डेब्यु गरेका थिए। स्वतन्त्र उम्मेदवारलाई जोडनका लागि दल खोलेको लामिछानेको दाबी भए पनि स्वतन्त्रहरुले भने लामिछानेको पार्टीको विरोध गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell