PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

कोरोना सङ्क्रमण दर बढ्दै: पछिल्लो २४ घण्टामा ५० जना सङ्क्रमित



पहिलोपोस्ट

कोरोना सङ्क्रमण दर बढ्दै: पछिल्लो २४ घण्टामा ५० जना सङ्क्रमित

काठमाडौं : पछिल्ला केही दिनमा देशभर कोरोना सङ्क्रमित थपिने दर बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५० जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २ सय ९७ रहेका छन्।

पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु हुने सङ्ख्या भने शून्य छ। हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell