PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

जनक शिक्षाका प्रबन्ध निर्देशकलाई विप्लव निकट विद्यार्थीले दले कालोमोसो



पहिलोपोस्ट

जनक शिक्षाका प्रबन्ध निर्देशकलाई विप्लव निकट विद्यार्थीले दले कालोमोसो

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पाठ्य पुस्तकको चरम अभाव गराएको भन्दै कालोमोसो दलिएको अखिल क्रान्तिकारीले जनायो।

झाको कार्यकक्षमै अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेको बताइएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा भ्रष्टाचार गरेको, कागज खरिदमा अनियमितता गरेको, विभिन्न शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्रलाई घात हुने काम गरेको भन्दै कालोमोसो दलिएको अखिल क्रान्तिकारीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell