PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

साफ महासचिव र एन्फा महासचिवको भेट : नेपालमा महिला साफ च्याम्पियनसिप गराउन प्रस्ताव



पहिलोपोस्ट

साफ महासचिव र एन्फा महासचिवको भेट : नेपालमा महिला साफ च्याम्पियनसिप गराउन प्रस्ताव
तस्बिर: एन्फा

काठमाडौं : अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का महासचिव किरण राईलगायतका टोलीले साउथ एसियन फुटबल फेडेरेसन(साफ)का महासचिव अनवरुल हक्व हेलललाई भेटेका छन्। राईको नेतृत्वमा बिहीवार बंगलादेश गएको नेपाली प्रतिनिधिमण्डलले आज ढाकास्थित साफ मुख्यालयमा हेलललाई भेट्दै नेपालमा साफ महिला च्याम्पियनसिप गराउन प्रस्ताव गरेको हो।

नेपाली प्रतिनिधिमण्‍डलमा महासचिव राईसहित एन्फा कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन्।

महासचिव राईले अगस्ट २९ देखि सेप्टेम्बर १० सम्म प्रतियोगिता गर्न प्रस्ताव गरेका छन्। राईको प्रस्तावमा हेललले सकारात्मक प्रतिकृया दिएको एन्फाले जनाएको छ। शनिवार साफ साधारणसभा हुँदैछ। साफ आयोजनासम्बन्धी प्रस्ताव साधारणसभामा पेश हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell