PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बैंकिङ कसुर मुद्दामा फरार रहेका शर्मा र गुरुङ पक्राउ



पहिलोपोस्ट

बैंकिङ कसुर मुद्दामा फरार रहेका शर्मा र गुरुङ पक्राउ

काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिबाना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिबाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा ५५ लाख रुपैयाँ जरिबाना र गुरुङलाई नौ लाख ९० हजार जरिबाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो। पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell