PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

बाँदरझुलामा ४ वटा गैँडा मारेर फरार रहँदै आएका सिकारी समूहका मुख्य दुई नाइके पक्राउ



पहिलोपोस्ट

बाँदरझुलामा ४ वटा गैँडा मारेर फरार रहँदै आएका सिकारी समूहका मुख्य दुई नाइके पक्राउ

काठमाडौं : गैँडा मार्ने सिकारी समूहका मुख्य दुई नाइकेहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका-९ घर भएका ४३ वर्षीय रामकुमार प्रजा र सोही स्थानका ४३ वर्षीय बमबहादुर प्रजा रहेका छन्।

रामकुमारलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलवार मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको हो। यस्तै, बमबहादुरलाई बिहीवार ब्यूरोको विशेष सहयोगमा धादिङको मलेखु क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज र इलाका प्रहरी कार्यालय गजूरीको संयूक्त टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरु चितवन राष्ट्रिय निकुञ्जको बाँदरझुला क्षेत्रमा २०७७ सालमा ४ वटा गैँडा मारेर फरार रहँदै आएका थिए। उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। दुवैजनाले यसअघि पनि गैँडा मारेकै मुद्दामा १५ वर्ष सजाय भुक्तान गरिसकेका छन्।

रामकुमारका दाइ राजकुमार प्रजा २०५७ सालदेखि २०६० सालसम्म चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी दलदले क्षेत्रबाट २८ वटा गैँडा मारी खाग बिक्री गरेर फरार थिए। रेड नोटिस जारी गरी इन्टरपोलको सहयोगमा ब्यूरोले मलेसियाबाट पक्राउ गरेपछि उनले अहिले चितवनमा सजाय भुक्तान गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell