PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

मसाल जुलुससहित राप्रपाको प्रदर्शन, २२ बुँदे कार्यान्वयनका लागि दबाब

मसाल जुलुससहित राप्रपाको प्रदर्शन, २२ बुँदे कार्यान्वयनका लागि दबाब

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेश गरेको २२ बुँदे माग कार्यान्वयनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मसाल जुलुससहित प्रदर्शन गरेको छ। राप्रपाले सबै जिल्लामा शुक्रबार साँझ एकैसाथ प्रदर्शन गरेको हो। 

निर्णय कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरेकाले जनदबाबका लागि भन्दै राप्रपाले प्रदर्शन गरेको हो। 

असार १ गते राप्रपाले २२ बुँदे माग प्रधानमन्त्री देउवलाई हस्तान्तरण गरेको थियो। 

राप्रपाले राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग पेश गरेको थियो। यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न पनि ज्ञापन पत्रमा माग गरेको थियो। ज्ञापन पत्रमा संघीय संरचना दुई तहमात्र बनाई प्रदेशको संरचना खारेज गर्न पनि माग गरिएको थियो। 

भ्रष्टाचारलाई पूर्ण नियन्त्रणमा राख्न कदम चाल्न, संसद्को निर्वाचनलाई पूर्ण समानुपातिक बनाउन पनि राप्रपाको माग छ। 

नागरिकका मौलिक हकलाई सुनिश्चित गर्न पनि ज्ञापन पत्रमा उल्लेख छ।



ट्रेन्डिङ पोस्ट

Ncell