PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

संयुक्त राष्ट्रसंघ मुख्यालय पुगे प्रधानसेनापति शर्मा, असार १९ गते स्वेदश फर्किने



पहिलोपोस्ट

संयुक्त राष्ट्रसंघ मुख्यालय पुगे प्रधानसेनापति शर्मा, असार १९ गते स्वेदश फर्किने

काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन्। उनले शुक्रवार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय पुगेर उच्च अधिकारीबिच छलफल गरेका थिए।

शर्माले अफिस अफ मिलिटरी अफेयर्सका मिलिटरी एड्भाइजर जेनरल बिरामे डोप, डिपार्टमेन्ट अफ पिस अपरेसन्सका अन्डर सेक्रेटरी जनरल जेन पिरेरी ल्याकरोक्सलगायतका अधिकारीसँग भेट गरेका थिए। पदाधिकारीसँगको भेटका क्रममा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धका साथै संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्षका बारेमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशानालय जंगी अड्डाले जनाएको छ।

लेबनान र सिरियाको भ्रमणपछि असार १३ गते शर्मा अमेरिका पुगेका थिए। औपचारिक भ्रमण सकाएर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell