PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना हुनुपर्छ : मन्त्री बडू



पहिलोपोस्ट

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना हुनुपर्छ : मन्त्री बडू
FILE PHOTO

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्।

शनिवार दिवंगत गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बडूले नेपालमा जी. पी. कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन्।

‘अब एउटा जी.पी. कोइराला विश्वविद्यालयको स्थापना आवश्यक छ। विभिन्न नेताहरुको नाममा छन्। तर जी.पी. कोइराला एउटा मान्यता हो। एउटा आदर्श, मूल्य,मान्यताको प्रतिक पनि हो। त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्वविद्यालय बनाउन आवश्यक छ। जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ,’ उनले भने।

बडूले जी.पी. कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell