PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो : मनसुन सक्रिय छ, अस्पतालहरु पूर्वतयारी अवस्थामा रहनु



रासस

स्वास्थ्य मन्त्रालयले भन्यो : मनसुन सक्रिय छ, अस्पतालहरु पूर्वतयारी अवस्थामा रहनु

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौति थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिएका हुन्।

अहिलेसम्म काठमाडौँ उपत्यकामा हैजाका १७ जना बिरामी भेटिएका छन्। विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सर्तक रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शैय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन दिएका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell