PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या : फरार श्रीमान् समातिए



पहिलोपोस्ट

श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या : फरार श्रीमान् समातिए

काठमाडौं : श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले युवकलाई नियन्त्रणमा लिएको हो। मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

शुक्रवार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीय श्रीमती बबिता मल्लिकालाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए। घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा आज बिहान मृत्यु भएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell