PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

माओवादी केन्द्रको विद्यार्थी संगठनमा फुट : उपाध्यक्ष पवन कार्कीको संयोजकत्वमा विशेष भेला आयोजक समिति गठन



पहिलोपोस्ट

माओवादी केन्द्रको विद्यार्थी संगठनमा फुट : उपाध्यक्ष पवन कार्कीको संयोजकत्वमा विशेष भेला आयोजक समिति गठन

काठमाडौं  : नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा विभाजन आएको छ। संगठनका उपाध्यक्ष पवन कार्कीले विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेका छन्। कार्कीको संयोजकत्वमा १९९ सदस्यीय आयोजक समिति घोषणा भएको छ।  

गत असोज १४ गते सम्पन्न राष्ट्रिय सम्मेलनबाट पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएपछि संगठनमा विवाद बढ्दै गएको छ। सोही विवादका कारण लामो समय पदाधिकारी चयन हुन सकेको थिएन। गत वैशाखमा भर्चुअल भेला मार्फत पदाधिकारी चयन गरिएको थियो। सोही पदाधिकारी चयनमा असहमति जनाउँदै कार्की समूहले समानान्तर कार्यक्रम गर्दै आएको थियो। 

कार्की नेतृत्वमा असार १२ गते काठमाडौंस्तरीय कार्यकर्ता भेला गरेको थियो। त्यस्तै १४ गते देशभरका कार्यकर्ताहरु बिच भर्चुअल भेला गरेको थियो। सोही भेलापछि कार्कीको संयोजकत्वमा विशेष भेला आयोजक कमिटी गठन भएको थियो। शनिवार बानेश्वर क्याम्पसमा आयोजित कार्यक्रम आयोजक समिति घोषणा भएको हो। 

१४ गतेको भेलाले २२ औं राष्ट्रिय सम्मेलन यताका सबै 'अवैध' निर्णय खारेजी, संगठनभित्र उमेर हद लागु  गर्न माग गरेको थियो। त्यस्तै ४८ घण्टाभित्र विशेष भेला घोषणा गर्न माग गरेको थियो। अन्यथा भेला आयोजक समिति घोषणा गर्ने चेतावनी दिएको कार्की समूहले शनिवार आयोजक समिति घोषणा गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell