PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

पाँच दलीय गठबन्धन कुनै दल र नेताविरुद्ध नभई संविधान कार्यान्वयनका लागि हो : गृहमन्त्री खाण



रासस

पाँच दलीय गठबन्धन कुनै दल र नेताविरुद्ध नभई संविधान कार्यान्वयनका लागि हो : गृहमन्त्री खाण
फोटो : रासस।

बुटवल : गृहमन्त्री बालकृष्ण खाणले वर्तमान पाँच दलीय गठबन्धन कुनै दल र नेताविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताएका छन्। उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिए।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले आज बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने पनि प्रष्ट पारे। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडकको दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यानसमेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उनले जानकारी दिए।

स्थानीय तहको निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाणले आग्रह गरे।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र र पार्टीको निर्देशनअनुसार काम गर्न आग्रह गरे। कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a65cd2a9f6c68.99599252): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a65cd2a9f6c68.99599252,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a65cd2aa37550.98292382): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a65cd2aa37550.98292382,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293