PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ओलीले देउवालाई सोधे : हामीले सरकार छाडेपछि ४९ अर्बको चामल कसरी आयात भयो?



पहिलोपोस्ट

ओलीले देउवालाई सोधे : हामीले सरकार छाडेपछि ४९ अर्बको चामल कसरी आयात भयो?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। एमाले निकट अखिल नेपाल किसान महासंघले च्यासलमा आयोजनाम गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले चामल आयातको विरोध गरेका हुन्।

'४९ अर्बको चामल आयात कसरी भयो, हामीले सरकार छोडेपछि?,'ओलीको प्रश्न थियो। ३ करोडभन्दा कम जनसंख्या र उर्ब फाँट भएको देशमा यति धेरै मात्रामा चामल आयत हुनु अनौठो भएको ‌ओलीले बताए।

सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेकोमा पनि ओलीले विरोध जनाए। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा मल ल्याउने प्रतिवद्धता जनाएको भए पनि मल नल्याएर छक्याएको ओलीले आरोप लगाए। 'शेरबहादुर देउवाले संसदमा उभिएर भने, किसानलाई तत्काल मल उपलब्ध गराइने छ। वाणी मिठो थियो। अलमल्याउने काम भएको थियो,'ओलीले भने।

उनले किसानलाई मल चाहिएको बेलामा मात्रै सरकार तातिने कारणले मल नआएको बताए। 'हरेक साल किसानलाई चाहिएको बेलामा मल हुँदैन। यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ। त्यही कुरा ६ महिनादेखि प्रयास गरे हुन्थ्यो नि,'ओलीको भनाइ छ।

पछिल्लो समय देशभर मलको अभाव हुँदा किसानले खेती गर्न सकेका छैनन्। मल अभावका कारण यो वर्ष धान रोपाइँ पनि कम भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell