PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

साफ महिला च्याम्पियनसीप नेपाल हुने



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसीप नेपाल हुने

काठमाडौं: आगामी साफ महिला च्याम्पियनसीप नेपालमा हुने भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै साफ नेपालमा हुने निश्चित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो।

साफको बंगलादेशमा सम्पन्न साधारणसभाले अध्यक्षमा निर्विरोध कजी महोम्मद सलाउद्दिनलाई निर्वाचित गरेको छ। उनी सन् २०२६ सम्मका लागि अध्यक्ष बनेका हुन्।

एन्फा महासचिव किरण राईको नेतृत्वमा बिहीवार बंगलादेश गएको थियो। नेपाली प्रतिनिधिमण्‍डलमा महासचिव राईसहित एन्फा कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell