PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रोल्पाको वोज्याङखोलामा पुल भत्कँदा स्थानीयवासीलाई आवतजावतमा सास्ती



रासस

रोल्पाको वोज्याङखोलामा पुल भत्कँदा स्थानीयवासीलाई आवतजावतमा सास्ती
फाइल फोटो।

रोल्पा : अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री-१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।

गत मंगलवार राति परेको अविरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो। अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो। सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन्।

लुङ्ग्रीका अध्यक्ष भरत थापाले भने, ‘पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ।’

सो गाउँपालिकाको २७ लाख रुपैयाँको लगानी रहेको सो पुलमा आर्थिक अनियमितता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell