PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै



पहिलोपोस्ट

आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज हुँदैछ। पटक पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।

उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुईदिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर, सुनुवाइ नभई स्थगित भयो। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको थियो। त्यसपछि देखि सो मुद्दा हेर्दाहेर्दैमा राखिँदै आएको छ। आज चौथो पटक मुद्दाको पेशी चढेको हो।

सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको हो।

एउटै ब्याचका चार जना एआईजीहरू आइजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेलपछि डीआइजी सहकुल थापालाई पनि सरकारले एआइजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआइजीको पद थपेर बढुवा भए। डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।

यता एआइजी पोखरेलको बिदा सकिए पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell