PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भारतीय विमानस्थलबाट खाडी मुलुकका यी देश जाँदै हुनुहुन्छ? दूतावासबाट एनओसी बनाउनु होला



पहिलोपोस्ट

भारतीय विमानस्थलबाट खाडी मुलुकका यी देश जाँदै हुनुहुन्छ? दूतावासबाट एनओसी बनाउनु होला

काठमाडौं : भारतीय भूमि प्रयोग गरी खाडी मुलुक जाने नेपालीहरुलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक पर्ने भएको छ। साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिराट्स, ओमान, बहराइन, लिबिया र लेबनान जाने वा ती मुलुक हुँदै आन्य देश जाने नेपालीले एनओसी देखाउनु पर्ने छ। 

भारतीय विमानस्थल प्रयोग गर्दा एनओसी आवश्यक पर्ने भएपछि नयाँ दिल्ली स्थित नेपाली दूतावासले यात्रा गर्ने नेपालीलाई एनओसी लिन सूचना जारी गरेको छ। 

दूतावासबाट एनओसी जारी गर्नका लागि यात्रुले यात्रा गर्नुपर्ने भरपर्दो कारणसहित आफ्नो सहितको निवेदन दिनुपर्ने छ। निवेदनसँगै राहदानी, भिसा, हवाइ टिकटको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने छ। त्यस्तै श्रम प्रयोजनको लागि यात्रा गर्नेले वैदेशिक रोजगार विभागबाट जारी गरेको श्रम स्वीकृतिको प्रतिलिपि पनि बुझाउनुपर्ने छ।  

त्यस्तै यसअघि भारत बाहेकका अन्य देशको यात्रा गरेकाको हकमा ट्राभल हिस्ट्री पनि देखाउनुपर्ने छ। त्यस्तै अध्ययन, व्यवसाय सम्बन्धि प्रमाणपत्रहरु, हाल भारतमै बसोवास गरिरहेका नेपालीको हकमा सो पुष्टि हुने प्रमाणपत्रसमेत पेश गर्नुपर्ने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell