PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेपाल प्रहरीमा जागिरको अवसर : असई र प्रहरी जवानमा खुल्यो भर्ना



पहिलोपोस्ट

नेपाल प्रहरीमा जागिरको अवसर : असई र प्रहरी जवानमा खुल्यो भर्ना

काठमाडौं : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदहरुमा आवेदन खुला गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न असई र प्रहरी जवानमा भर्ना खुलेको बताएको छ।

जसअन्तर्गत असईतर्फ २०७८ असोज २२ गते माग गरिएका १९७ जना र थप गरिएको ७६ गरी ४४३ जना माग गरिएको छ। जसमा खुलातर्फ २३८ जना, अमर अशक्त/ प्रहरी परिवारबाट ९ जना, महिलातर्फ ४०, आदिवासी/जनजातिबाट ६३, मधेशीबाट ५५, दलितबाट २९ र पिछडिएको क्षेत्रबाट ९ जनाको कोटा रहेको छ।

त्यस्तै, प्रहरी जवानतर्फ २०७८ मंसिर १० गते माग गरिएका १९७१ जना र थप गरिएको ५०३ गरी २४७४ जना माग गरिएको छ। जसमा खुलातर्फ १३३४ जना, अमर अशक्त/ प्रहरी परिवारबाट ४९ जना, महिलातर्फ २१९, आदिवासी/जनजातिबाट ३५०, मधेशीबाट ३०५, दलितबाट १६४ र पिछडिएको क्षेत्रबाट ५३ जनाको कोटा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell