PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कट्यो



पहिलोपोस्ट

अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कट्यो
Photo: Xinhua/Rex/Shutterstock

अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कटेको छ। अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले मानिसहरुलाई कोभिडविरूद्ध सतर्क रहन आग्रह गरिरहँदा मृत्यु हुनेको संख्या १० हजार पार गरेको द गार्डियनले उल्लेख गरेको छ।

शनिवारसम्म कोभिडका कारण ९ हजार ९८४ जनाको मृत्यु भएको थियो। जुन संख्या आइतवार १० हजार पार गरेको हो।

न्यू साउथ वेल्समा आइतवार थप दुई कोभिडसँग सम्बन्धित मृत्युको रिपोर्ट गरिएको छ। त्यस्तै, दक्षिण अस्ट्रेलियामा ६ वटा र भिक्टोरियामा थप २२ वटा मृत्यु रिपोर्ट गरिएको छ।

स्वास्थ्य मन्त्रीहरूको बैठकअघि संघीय स्वास्थ्यमन्त्री मार्क बटलरले अधिकारीहरूले आगामी महिनाहरूमा भाइरसको थप लहर आउने आशा गरिरहेको जानकारी गराएका थिए। उनले देशभरी बीए.४ र बीए.५ सबभेरियन्टहरू धेरै देखिएको औँल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell