PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

असार २४ मा हुँदैछ नीता र हरिहरको विवाह



पहिलोपोस्ट

असार २४ मा हुँदैछ नीता र हरिहरको विवाह

काठमाडौं : अभिनेत्री नीता ढुगांना र ज्योतिष/अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाधिने भएका छन्। आगामी शुक्रवार असार २४ गते उनीहरूको बिहे हुने पक्का भएको हो।

बिहेको निमन्त्रणा कार्ड समेत सार्वजनिक भइसकेको छ। सार्वजनिक भएको विवाहको कार्ड अनुसार असार २४ गते बिहे हुन लागेको हो। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने समेत कार्डमा उल्लेख छ।

उनीहरूको विवाहमा नजिकको आफन्त र फिल्मकर्मीहरू उपस्थित हुने बताइएको छ। नीता र हरिहर अर्थात ‘हनी’ जोडी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। उनीहरू फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell