काठमाडौं : राहदानी (पासपोर्ट) बनाउन सेवाग्राहीले दु:ख खेपेको लामो समय भइसक्यो। घन्टौं लाइन र दिनहुँ राहदानी विभाग धाउँदा पनि सहजै पासर्पोट बनाउन पाइँदैन। तर,सम्बन्धित निकायले सेवाग्राहीको गुनासोको सम्बोधन भने गरेको छैन।
सेवाग्राहीले भोगेको सास्तीलाई ध्यानमा राख्दै राष्ट्रिय युवा संघ नेपालले आइतवार त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रर्दशन गरेको छ। विभाग घेराउ गरेर उनीहरुले प्रर्दशन गरेको थिए। उनीहरुले 'मंहगीले सतायो, राहदानीले रुवायो' भन्दै नाराबाजी समेत गरेका थिए।
उनीहरुले राहनानी विभागका अधिकारीहरुलाई ध्यानकर्षण पत्र समेत बुझाएका छन्।
अहिले राहदानी विभागमा सेवाग्राहीको भिडभाड देखिन्छ। पछिल्लो समय भिड बढ्दै जाँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको देखिन्छ। काठमाडौं बाहिरबाट आएका मानिसले ३/ ४ दिनसम्म विभाग धाउँदा पनि राहदानी नबन्ने गरेको गुनासो गर्दै आएका छन्।