PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यू-२० को प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए, को को छन् क्याम्पमा ?



पहिलोपोस्ट

यू-२० को प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए, को को छन् क्याम्पमा ?
तस्बिर: एन्फा

काठमाडौं : साफ यू-२० च्याम्पियनसीप र एएफसी यू २० एसिया कप छनोटको तयारीमा रहेको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडी संख्या ३० मा झारेका छन्। यसअघि ४१ जना खेलाडी प्रशिक्षणमा रहेकोमा ११ जना बाहिरिने छन् भने ३० जनाले प्रशिक्षणलाई निरन्तरता दिनेछन्।

नेपाली टोलीले जुलाई २५ मा माल्दिभ्स, जुलाई २७ मा श्रीलंका, जुलाई ३१ मा भारत तथा अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एसियन कप छनोटमा सेप्टेम्बर १० मा भुटान, सेप्टेम्बर १२ मा कतार, सेप्टेम्बर १४ मा बहराइन र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।

क्याम्पमा भएका खेलाडीहरु:

गोलकिपरः ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख

डिफेन्डरः सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर

मिडफिल्डरः अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाग्या नकर्मी, आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell