PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल तनावग्रस्त, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल तनावग्रस्त, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कर्मचारी मृत्युको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ।

शनिवार काभ्रेको तेमाल गाउँपालिकामा घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। रायमाझी केही समयदेखि स्कुलमा काम गर्दै आएकी थिइन्। उनको मृत्युको अनुसन्धानको माग गर्दै मृतकका आफन्त लगायतले प्रदर्शन गरेका हुन्।

आफन्तले भने मृत्युमा शङ्का व्यक्त गर्दै प्रदर्शन गरेका हुन्। यता महानगरीय प्रहरी परिसर काठमाडौँले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्कुलमा प्रर्दशन तथा ढुंगामुढा भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell