PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने



पहिलोपोस्ट

जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने
फाइल फोटो।

काठमाडौं : नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु नेपाल फर्कन बाध्य भएका थिए। त्यसपछि उनीहरु चीन फर्कन पाएका थिएनन्।

त्यसैगरी, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे पनि सहमति भएको उनले बताइन्।

यस्तै, ट्रिनिडाड एण्ड टोबागोसँग दौत्य सम्बन्ध स्थापना भएको समेत प्रवक्ता लम्सालले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell