PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पदाधिकारी तत्काल टुंग्याउन प्रचण्डलाई दबाब दिँदै माओ‌वादीका केन्द्रीय सदस्य



पहिलोपोस्ट

पदाधिकारी तत्काल टुंग्याउन प्रचण्डलाई दबाब दिँदै माओ‌वादीका केन्द्रीय सदस्य

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यहरुले तत्काल पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गरेका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी टुंग्याउनुपर्ने बताएका हुन्। आइतवार सुरु भएको बैठकमा प्रदेश तथा प्रतिनिधि सभाको चुनावको तयारी गर्नुपर्ने भएकाले तत्काल पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरिएको हो।

केन्द्रीय सदस्य लेखनाथ दाहालले चुस्त पार्टी संरचना बनाएर चुनावको तयारीमा जानुपर्ने स्थिति देखिएको बताए। 'अहिले नेपालीको राजनीतिक परिस्थिति हेर्दा चुस्त पार्टी संरचना बनाएरमात्रै चुनावमा जान सकिन्छ,'उनले भने।

बैठकमा विभिन्न ९ एजेन्डामाथि छलफल भइरहेको छ। पहिलो एजेन्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, तेस्रो बैठक संचालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी छ। त्यस्तै, बैठकमा प्रदेशका तर्फबाट प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने छन्। उनीहरुका लागि १० मिनेट समय निर्धारण गरिएको छ। मधेश प्रदेशको हकमा इञ्चार्जले रिपोर्टिङ गर्ने छन्।

यसैगरि, बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे सम्बोधन गर्नेछन्। संगठनात्मक विशेष एजेन्डा पनि राखिएको छ। यो एजेन्डामा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनलाई राखिएको छ। स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघको निर्वाचनबारे तयारीसमेत एजेन्डामा राखिएको छ।

पुस १८ गते सम्पन्न भएको माओवादीको महाधिवेशनले पदाधिकारी चयन गर्न सकेको थिएन। महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको भए पनि अरु पदाधिकारी भने चयन गर्न सकेको थिएन। पदाधिकारी,स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डा राखिएको भए पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने सम्भावना आजको बैठकमा कम भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell