PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ : परराष्ट्र प्रवक्ता



पहिलोपोस्ट

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ : परराष्ट्र प्रवक्ता
फाइल फोटो।

काठमाडौं : परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताएकी छिन्। आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएकी हुन्।

भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्ने उनले जानकारी दिइन्।

उनले भनिन्, ‘निम्तो दिने र स्वीकार गर्ने च्यानल हुन्छ, तयारी भइरहेको छ। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ, कुटनैतिक च्यानलबाट छलफल भइरहेको छ।’

प्रधानमन्त्री देउवाको उत्तरी छिमेकी चीनमा पनि भ्रमणको तयारी भइरहेको उनको भनाइ थियो।

‘त्यहाँबाट विदेश मन्त्री आएर जानुभयो। यताबाट पनि जाने तयारी भइरहेको छ। छलफल चलिरहेको छ। मन्त्रीज्यू वा उच्च अधिकारी कसको भन्ने टुंगो लागेको छैन,’ उनले भनिन्।

त्यस्तै, ८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु नेपाल फर्कन बाध्य भएका थिए। त्यसपछि उनीहरु चीन फर्कन पाएका थिएनन्।

यस्तै, ट्रिनिडाड एण्ड टोबागोसँग दौत्य सम्बन्ध स्थापना भएको समेत प्रवक्ता लम्सालले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell