PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कतारी राजदूतले अर्थमन्त्री शर्मालाई दिए विश्वकप हेर्न आउन निम्तो



पहिलोपोस्ट

कतारी राजदूतले अर्थमन्त्री शर्मालाई दिए विश्वकप हेर्न आउन निम्तो

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्मालाई नेपालका लागि कतारका राजदूत युसुप बिन मोहम्मद अहमेद अल हेइलले विश्वकप फुटबलका लागि आमन्त्रण गरेका छन्। अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा राजदूतले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ मा अर्थमन्त्री शर्मालाई आमन्त्रण गरेका हुन्।

विश्वकप फुटबल नोभेम्बर २१ देखि कतारमा सुरु हुँदैछ। कतारले नेपाली फुटबलको विकासमा सहयोग गर्दै आएको छ। पछिल्लो समय शहीद स्मारक ए डिभिजन लिगको प्रायोजन कतार एयरवेजले गरेको थियो भने घाइते खेलाडीको उपचारमा कतारले सहयोग गरेको थियो। नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको तलब पनि कतारले नै व्यवस्थापन गर्दै आएको छ।

यही हप्ता अखिल नेपाल फुटबल संघ (एन्फाका) नवनिर्वाचित प्रतिनिधिले कतारी राजदूतलाई राजदूतावासमै भेटेका थिए। जसमा नेपाली फुटबलको विकासका लागि सहकार्य गरिने छलफल भएको एन्फाले जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell