PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ



पहिलोपोस्ट

विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ
फोटो : अम्बिका चलाउनेको फेसबुक।

कैलाली : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। झन्डै एक महिनाअघि मृत फेला परेका शाहीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

मृतक शाहीका आफन्तले उनको हत्यामा संलग्न रहेको आरोपमा चलाउनेसहित जिसस उपप्रमुख दानमती (बम) शाही, पूर्व वडाध्यक्ष सज्जन बहादुर शाहीलगायत १३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। घटनाको अनुसन्धानका लागि चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए।

५ जना यसअघि नै पक्राउ परिसकेका छन्। किटानी जाहेरी दिएकामध्ये ६ जना भने अझै परार रहेका छन्।

मृतक शाही जेठ १७ गते घरबाट बेपत्ता भई २१ गते बिहान १० बजे पञ्चदेवल क्याम्पस नजिकको सडक भन्दा तलको जङ्गलको खोचमा मृत फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell