PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

१७ जना प्रहरीले लगाए डीआइजीले फूली



पहिलोपोस्ट

१७ जना प्रहरीले लगाए डीआइजीले फूली

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्यानी चिन्ह पाउने प्रहरी नायब महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन्।

असार १७ गतेको मन्त्रिपरिषद्को बैठकले डीआइजी बढुवा गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell