PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

मकवानपुरमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, २१ घाइते



पहिलोपोस्ट

मकवानपुरमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, २१ घाइते

हेटौँडाः मकवानपुरको वाग्मती गाउँपालिका ७ स्थित धरान चतरा सडकखण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दिउँसो ४:३० बजेको समयमा दुर्घटना भएको हो। वाग्मती ९ बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती बोकेर हिँडेको ना ७ त ८०७३ नम्वरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्थामा गम्भीर रहेको छ। उनीहरुको हेटौँडा  अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell