PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

शेखरलाई कांग्रेसका पुराना नेताको गुनासो, ‘पार्टी ठेकेदारी प्रथामा चल्न थाल्यो’



पहिलोपोस्ट

शेखरलाई कांग्रेसका पुराना नेताको गुनासो, ‘पार्टी ठेकेदारी प्रथामा चल्न थाल्यो’

काठमाडौंः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक परामर्शलाई जारी राखेका छन्। दुई दिन लगातार आफू पक्षीय नेताहरुसँग परामर्श गरेका कोइरालाले आइतबार कांग्रेसका पुराना नेताहरुसँग छफल गरेका छन्। 

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार आइतबार  बलबहादुर केसी, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द र विपीन कोइरालासँग छलफल गरेका हुन्। 

छलफलमा नेताहरुले कांग्रेसमा इमान र आदर्शको राजनीतिक सकिएको बताएका थिए। साथै पुराना नेताहरुलाई पाखा लगाएर पार्टी ठेकेदारी प्रथामा चल्न थालेको गुनासो नेताहरुले गरेका थिए। 

गठबन्धनको सही मूल्याङ्कन नगरिए कांग्रेस संघ र प्रदेशको चुनावमा संकटमा पर्ने नेताहरुको भनाई थियो। 

छलफलमा नेता कोइरालाले नेताहरुलाई अनुभवका आधारमा आ–आफ्नो स्थानबाट सक्रिय हुन आग्रह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell