PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सिनी शेट्टीले जितिन् ‘मिस इण्डिया २०२२’ को उपाधि



पहिलोपोस्ट

सिनी शेट्टीले जितिन् ‘मिस इण्डिया २०२२’ को उपाधि

‘मिस इण्डिया २०२२’ को उपाधि कर्नाटककी सिनी शेट्टीले जितेकी छिन्। जुलाई ३ मा मुम्बईमा भएको ग्राण्ड फिनालेमा शेट्टीले मिस इण्डियाको ताज पहिरिएकी हुन्।

त्यसैगरी, राजस्थानकी रुबल शेखावत फर्स्ट रनर-अप घोषित हुँदा उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर-अप बनिन्।

२१ वर्षीय मिस इण्डिया सिनी हाल चार्टड फाइनान्स एनालिस्टको कोर्ष गरिरहेकी छिन्।

फिनालेमा बलिउड सेलिब्रेटीहरु कृति सेनन, मलाइका अरोडा, नेहा धुपिया, मनीष पल, राजकुमार राव, डिनो मोरेया, राजलगायतको उपस्थिति रहेको थियो।​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell