PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट



पहिलोपोस्ट

उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट

काठमाडौंः उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट भएको छ। दिउँसो कार्यालयमा बसिरहेका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि शाखा अधिकृत हिरालाल भुसालले आक्रमण गरेका हुन्।

आइतबार दिउँसो कार्यालय समयमा एक शाखा अधिकृत र उपसचिवबिच विवाद भएको थियो। विवाद उत्कर्षमा पुग्दा कुटपिट समेत भएको अदालतमा कार्यरत एक कर्मचारीले जानकारी दिए। मुद्दाको विषयलाई लिएर विवाद भएको देखिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंमा पनि कर्मचारीबिच कुटपिट भएको थियो। पिटाइ खाने इजलास अधिकृत थिए गोकर्ण शर्मा, कुट्ने नायब सुब्बा थिए नेत्रप्रसाद बास्तोला थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell