PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा’ कार्यक्रम फेरि सुरु



पहिलोपोस्ट

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा’ कार्यक्रम फेरि सुरु
FILE PHOTO

काठमाडौं : मधेश प्रदेश सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। सो कार्यक्रम कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुरु भएको जानकारी दिए।

यसअघि प्रभु बैंकसँग सम्झौता गरि छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए। सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका थिए।

गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि तीन लाख रुपैयाँ दिने गरि प्रतिबीमा ३७ हजार ४५७ रुपैयाँ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत संचालित ‘छोरी शिक्षा बीमा’  २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell