
काठमाडौं : लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बसपार्कबाट प्रहरीले कटुवा पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ। एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने 'चिनक' भनिने ३४ वर्षीय मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन्। उनीहरु चढ्ने यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट हतियार बरामद गरेको हो।
घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।