PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

जसपाबाट तीन नयाँ मन्त्री भए नियुक्त, यस्तो छ कार्यविभाजन



पहिलोपोस्ट

जसपाबाट तीन नयाँ मन्त्री भए नियुक्त, यस्तो छ कार्यविभाजन

काठमाडौं : जनता समाजवादी पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छिन्।

आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर जसपाले तीन मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।

यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए।

सरकारमा जसपाबाट चार जना मन्त्री सहभागी थिए। राजेन्द्र श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमा यथावत राखेर तीन नयाँ मन्त्रीको शपथ आजै दिउँसो ४:३० बजे गराउने तयारीसमेत गरिएको छ।

जसपामा अहिले पार्टीभित्रैका दुई अध्यक्षबीच चर्को मतभेद रहेको छ। यही बेला अध्यक्ष यादवले आफू पक्षका नेताहरुसँग बसेर मन्त्री फेरबदलको निर्णय गरेको बताइएको छ। संघीय अध्यक्ष डा बाबुराम भट्टराईले यस विषयमा असहमति जनाउने तयारी गरेको बताइएको छ।

यस्तो छ नयाँ  मन्त्रिपरिषदको कार्यविभाजन

क्र.सं. नामथर पदनाम कार्यविभाजन
1.               श्री शेरबहादुर देउवा प्रधानमन्त्री रक्षा
2. श्री बालकृष्ण खाँण मन्त्री गृह
3. श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि
4. श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
5. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
6. श्री जनार्दन शर्मा मन्त्री अर्थ
7. श्री उमाकान्त चौधरी मन्त्री खानेपानी
8. डा. नारायण खड्का मन्त्री परराष्ट्र
9. श्री मृगेन्द्रकुमार सिंह यादव मन्त्री कृषि तथा पशुपन्छी विकास
10. श्री मोहम्मद इश्तियाक राई मन्त्री भौतिक पूर्वाधार तथा यातायात
11. श्री दिलेन्द्रप्रसाद बडू मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
12. श्री देवेन्द्र पौडेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
13. श्री उमा रेग्मी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
14. श्री शशी श्रेष्ठ मन्त्री भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण
15. श्री महेश्‍वरजंग गहतराज मन्त्री युवा तथा खेलकुद
16. श्री गोविन्द प्रसाद शर्मा (कोइराला) मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
17. श्री जीवनराम श्रेष्ठ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
18. श्री मेटमणि चौधरी मन्त्री सहरी विकास
19. श्री भवानीप्रसाद खापुङ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
20. श्री शेरबहादुर कुँवर मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
21. श्री प्रदीप यादव मन्त्री वन तथा वातावरण
22. श्री उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
23. श्री बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
24. श्री हिराचन्द्र के.सी. राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell