काठमाडौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अनैतिक तरिकाले भएको आरोप लगाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा ओलीले अहिलेसम्म विश्वमा नै नभएको अनैतिक तरिकाले बजेट निर्माण भएको आरोप लगाएका हुन्।
भने,'अहिलेसम्म बजेट निर्माणको काम अहिलेसम्म विश्वमा अनैतिक काम भएको छैन होला देशको अर्थतन्त्रको विरुद्ध।'
बजेट बनाउने बेलामा अनाधिकृत मानिसलाई प्रवेश गराएको आरोप समेत उनले लगाएका छन्। बजेट निर्माणको क्रममा गैर व्यक्तिको प्रवेश भएको प्रश्न उठेपछि उपभोक्ता हित संरक्षाण् मञ्चले बजेट निर्माणको फुटेज मागेको थियो। तर अर्थमन्त्रालयले सीसी क्यामराको क्षमता १३ दिनको मात्र भएकाले फुटज उपलब्ध नहुने जानकारी दिएको थियो। एमालेले पनि सदनमा उक्त मुद्दा उठाउँदै आएको छ।
ओलीले सीसी क्यामरा फुटेज माग्दा अर्थमन्त्री कसले माग्ने फुटेज भन्दै धम्की पूर्ण अभिव्यक्ति दिएको टिप्पणी समेत गरेका थिए। 'म नै राज्य हुँ' भन्ने किसिमको प्रतिक्रिया आएको अध्यक्ष ओलीले बताए। त्यस्तै बजेट निर्माण गर्दा कर दर निर्धारणमा पनि अनैतिक तवरले बताएको बताए।
' तर यहाँ त बजेका दर कति कति राखौं? तिमिहरुलाई कति कति चाहिन्छ भन्ने छ,' अध्यक्ष ओलीले भने।