PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

भारतीय दूतावासमा गोली चल्यो, एकजना भारतीय सुरक्षाकर्मीको मृत्यु



पहिलोपोस्ट

भारतीय दूतावासमा गोली चल्यो, एकजना भारतीय सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको छ।

गोली चल्दा एक जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। तर नेपाल प्रहरीले यस विषयमा भने ‍औपचारिक रुपमा जानकारी दिएको छैन। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले घटनाबारे कुनै पनि औपचारिक जानकारी नआएको बताए।

प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले आफैंले गोली चलाएर आत्महत्या गरेको खुलेको छ।

तर प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको सहयोग लिएर दूतावासले अनुसन्धान गरिरहेको छ। महानगरीय अपराध महाशाखाबाट एसपीको नेतृत्वमा टोली दुतवास पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell