PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

भारतीय दूतावासमा गोली चल्दा ३२ वर्षीय सुरक्षाकर्मीको मृत्यु, नेपाल प्रहरीलाई समेत घटनाको जानकारी दिइयो



पहिलोपोस्ट

भारतीय दूतावासमा गोली चल्दा ३२ वर्षीय सुरक्षाकर्मीको मृत्यु, नेपाल प्रहरीलाई समेत घटनाको जानकारी दिइयो
प्रतिकात्मक तस्वीर

काठमाडौं : काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली लागि ३२ वर्षीय दीपक सिंहको मृत्यु भएको खुलेको छ। भारतीय दुतावासका एक कर्मचारीले दिएको जानकारी अनुसार सिंहले आफैले बोकेको हतियारले आफैलाई आज बिहान गोली प्रहार गरेका हुन्।

शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महारागजंग लगिएको छ। घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ।

दूतावासका कर्मचारीको अनुसार घटनाको जानकारी नेपाल प्रहरीलाई समेत गराइएको छ। त्यस्तै मृतकका परिवारलाई समेत सम्पर्क गरिसकेको ती कर्मचारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell