PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दुबईबाट आएका युवकले ल्याएको कपडाको टाँकभित्र सुन भेटियो, ‘एयरपोर्टमा अपरिचितले उपहार भन्दै दिएको समान ल्याएको मात्र हुँ’



पहिलोपोस्ट

दुबईबाट आएका युवकले ल्याएको कपडाको टाँकभित्र सुन भेटियो, ‘एयरपोर्टमा अपरिचितले उपहार भन्दै दिएको समान ल्याएको मात्र हुँ’

काठमाडौं : पछिल्लो केही दिनयता विदेशबाट विभिन्न तरिका अपनाएर नेपालमा सुन तस्करी हुने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने सुन तस्करीका केही घटनामा प्रहरी र भन्सार विभागले सफलता पनि पाउने गरेको छ।

त्यस्तै, आज बिहान विमानस्थल हुँदै नौलो तरिकाबाट अवैध रुपमा सुन ल्याउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवकले बालबालिकाले लगाउने कपडाको बटममा सुन लुकाएर ल्याएको देखिएको छ।

बिहान ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाई आफ्नो साथमा लिएर आएको लगेज चेक गर्दा बालबालिकाले लगाउने लुगाको टाँकमा सुन भेटिएको हो। लुकाई छिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जानकारी दिएको छ।

६० वटा सुनको रिङको तौल करिब १२५ ग्राम रहेको छ। भन्सारको नियन्त्रणमा रहेका सुमनले आफूलाई दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहार भन्दै सामान जिम्मा लगाएको बताएका छन्।

भन्सार कार्यालयले विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले दिएका सामान बारे जानकारी नलिई नल्याउन अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell