PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

अस्ट्रेलियामा जनसंख्याको स्वरुप परिवर्तन हुँदै, ५ वर्षमा बढे १२४ प्रतिशत नेपाली



पहिलोपोस्ट

अस्ट्रेलियामा जनसंख्याको स्वरुप परिवर्तन हुँदै, ५ वर्षमा बढे १२४ प्रतिशत नेपाली
Map : Australian Bureau of Statistics

सन् २०२१ मा अस्ट्रेलियामा राष्ट्रव्यापी जनगणना भयो। सो गणनाबाट अस्ट्रेलियामा जनसंख्या वृद्धिका साथै त्यहाँको धर्म, भाषासम्बन्धित प्रारम्भिक तथ्यांक पनि सार्वजनिक भएको छ।

अस्ट्रेलियाको तथ्यांक विभागले गत साता सार्वजनिक गरेको विवरण अनुसार ३१ डिसेम्बर २०२१ सम्म अस्ट्रेलियाको जनसंख्या २ करोड ५७ लाख ६६ हजार ६०५ रहेको छ। १० अगस्ट २०२१ मा भएको जनगणनामा ८० प्रतिशत नागरिक पूर्वी अस्ट्रेलियामा बस्दै आएको खुलेको छ। जसमा न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड र अस्ट्रेलियन क्यापिटल टेरोटरी रहेको छ।

बढ्दो नेपालीको उपस्थिति

अस्ट्रेलियामा पछिल्लो पाँच पर्षमा १० लाख आप्रवासी थपिएका छन्। अगस्त १० मा भएको जनगणनाका अनुसार अस्ट्रेलिया बाहिर जन्मिएर त्यहाँ बस्दै आएकाको संख्या बढ्दै गएको छ। जसमा नेपालीहरुको संख्या अत्याधिक वृद्धि भएको छ। हाल इंग्ल्याण्डमा जन्मिएका तर अस्ट्रेलियामा बसोवास गर्ने नागरिकको संख्या सबैभन्दा बढी छ। इंग्ल्याण्डपछि नेपालीहरुको संख्या अस्ट्रेलियामा बढ्दो छ।

२०१६ मा गरिएको जनगणनाभन्दा २०२१ मा १२४ प्रतिशत बढी नेपालीहरु अस्ट्रेलियामा थपिएका छन्। सन् २०१६ सम्म अस्ट्रेलियामा ५२ हजार ५०६ जना नेपाली थिए। सन् २०२१ को जनगणनामा थप ७० हजार नेपाली थपिएका हुन्, जसले आफ्नो जन्म नेपालमा भएको भनी जनगणनामा टिपाएका थिए। नेपालपछि भारतमा जन्मिएर अस्ट्रेलियामा बस्ने जनसंख्या धेरै छ। यसमा त्यहाँ घुम्न आउने पर्यटकको संख्या जोडिएको छैन। अस्ट्रेलियन क्यापिटल टेरोटरी र तासमानियामा कुल जनसंख्याको समान १.३ प्रतिशतले घरमा नेपाली बोल्छन्।

यस्तै, धार्मिक रुपमा हिन्दु र मुसलमान समुदायको संख्या पनि अस्ट्रेलियामा बढ्दो छ। अस्ट्रेलियामा हाल ४४ प्रतिशत जनसंख्या इसाइ छन्। सन् २०१६ मा इसाइ धर्म मान्नेको जनसंख्या ५२.१ प्रतिशत थियो। करिब ५० वर्षअघिसम्म अस्ट्रेलियामा ९० प्रतिशत मानिस इसाइ थिए।

अस्ट्रेलियामा कुनै धर्म नमान्ने जनसंख्या ३९ प्रतिशत पुगेको छ। सन् २०१६ भन्दा ९ प्रतिशत बढीले ‘नो रिलिजन’ छनोट गरेका थिए। सन् २०१६ मा हिन्दुको जनसंख्या १.९ र मुस्लिमको जनसंख्या २.६ थियो। पछिल्लो यी दुवै धर्मको जनसंख्या बढ्दो संख्यामा छ।

यस्तै, अस्ट्रेलियाको मूल निवासीको संख्यामा पनि वृद्धि भएको छ। टोरेस स्ट्रेट आइइल्यान्डको वासिन्दा बताउन चाहिने समुदायको जनसंख्या एक चौथाईले वृद्धि भएको हो। यो समुदायको संख्या ८ लाख १२ हजार ७२८ पुगेको छ। यो कूल जनसंख्याको ३.२ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell