PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत छ : शिक्षामन्त्री



पहिलोपोस्ट

विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत छ : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन्। मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठनसम्बन्धि उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए।

सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले राखेको धारणा जायज रहेको प्रतिक्रिया समेत दिए। मन्त्री पौडेलले सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए।

उनले भने, ‘विश्वविद्यालयहरुलाई उहाँहरुको इक्ज्याम प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नको निम्ति हामी उहाँहरुसँग गम्भीर रुपमा छलफल, संवाद र कुराकानीमा छौँ र लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा नै यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई पनि नैतिक दबाब भएको हुनाले अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा तालाबन्दी छैन। र, यो तालाबन्दी नहोस् भन्ने कुरा जुन उठाउनु भएको छ, त्यो जायज कुरा हो।’

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहोर्‍याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell