PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित



पहिलोपोस्ट

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट पारित भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकबाट सो विधेयक सर्वसम्मतिले पारित भएको हो।

संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६’ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यस्तै, बैठकले सो विधेयकका सम्बन्धमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनमा उल्लेखित १५ संशोधनहरु स्वीकृत गरेको छ। समितिको प्रतिवेदनमा उल्लेखित संशोधनहरु विधेयकको अंग समेत बनेको छ।

‘मुलुकको लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने, मौजुदा ज्ञान र प्रविधिलाई स्थानीय परिवेश अनुकूल बनाई उपलब्ध गराउने उद्देश्यले सार्वजनिक स्वरुपको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसद्ले यो ऐन बनाएको छ,’ संसद्बाट पारित विधेयकको प्रस्तावनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell