PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ



पहिलोपोस्ट

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
फोटो : राष्ट्रपतिको कार्यालय

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनता समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।

यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए।

सरकारमा जसपाबाट चार जना मन्त्री सहभागी थिए। राजेन्द्र श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमा यथावत राखेर तीन नयाँ मन्त्री फेरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell