PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले गम्भीर घोटालाको आफैँले पुष्टि गरेको ज्ञवालीको दावी



पहिलोपोस्ट

सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले गम्भीर घोटालाको आफैँले पुष्टि गरेको ज्ञवालीको दावी
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन्। उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दावी छ।

सोमवार संसद् भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकीर समेत गरे। उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे।

उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो। यो अपराधलाई लुकाउनका निमित्त त्यससम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सीसीटीभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो। र, यो ढंगको अपराधमा संलग्नहरु अविलम्ब उनीहरुमाथि छानबिन भएर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell