PahiloPost

Jun 16, 2026 | २ असार २०८३

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, के मा कति पुग्यो?



रासस

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, के मा कति पुग्यो?

काठमाडौंः नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रटिलिटर नौ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ भाउ बढाएको हो।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ। पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने बक्यौता बढ्दै गएको निगमले जनाएको छ। यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell